४ साउन ०७८, ललितपुर । ललितपुर थसिखेल बस्ने एक पुरुष निर्माणाधिन घर बाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १५ थसिखेल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ४० वर्षीय पन्नालाल महतोको काम गर्नेक्रममा लडेर मृत्यु भएको हो ।
उनी काठमाडौं सामाखुसीस्थित निर्माणाधीन घरको भुइँतलामा आइतबार लडेर बेहोस भएका थिए । बेहोस भएका महत्तोलाई उपचारका लागि ललितपुरको गणेशमान अस्पताल ल्याइएको थियो । उनलाई यस अस्पतालले बिएन्डबी अस्पताल ग्वार्कोमा पठाएको थियो । उनका उपचारको क्रममा सोमबार बिहान विएण्ड वि अस्पतालमा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोजानकारी दिएको छ ।
प्रतिक्रिया