१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुन्दरीघाटमा सेफ्टी ट्याङ्कीमा खसेर वालकको मृत्यु




५ साउन ०७८,काठमाडौं । काठमाडौंको स्वयम्भमा बस्ने एक वालकको सेफ्टी ट्याङ्कीमा मृत्यु भएको छ । प्रहरीका अनुसार स्वयम्भू बस्ने दोलखा कुन्जल गाउँपालिका ४ घर भएका निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो ।
कीर्तिपुर नगरपालिका १० सुन्दरीघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदासको खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।