१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको प्युटारमा मिनिट्रक दुर्घटना, एक जनाको मृत्यु



फाइल तस्विर

८ साउन ०७८, ललितपुर । विहीबार राती दक्षिण ललितपुरको प्युटार गडी भञ्ज्याङ नजिक मिनी ट्रक दुर्घटना हुँदा एक जनामो मृत्यु भएको छ । आश्राङ प्रहरी चौकीका अनुसार बागमती गाउँपालिकाको प्युटारस्थित गडीभन्ज्याङमा इँटा बोकेको बा.२ ख. ८३५४ नम्बरको निसान ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक प्युटार निवासी वर्ष २२ को सागर बोम्जनको ज्यान गएको हो ।
गाडी व्याक गर्दा ब्रेक फेल भएर पल्टेको र द्दटनास्थलमै चालकको मृत्य’ भएको प्रहरी चौकीले जानकारी दिएको छ । गाडीमा अन्य यात्रु स मेत रहेको र गाडी व्याक गर्ने क्रममा ओर्लेको प्रहरी चौकी आश्राङले जानकारी दिएको छ ।
ललितपुरको चापागाँउबाट आश्राङ इटा लैजाने क्रममा अन्दाजी रातको १२ बजे दुर्घटना भएको प्रहरीको भनाई छ ।
बोम्जनको शव पोष्टमार्टमका लागि चापागाँउतर्फ लगिएको प्रहरी चौकीको भनाई छ ।

९८५१२ ९७७७४

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।