१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर पाटन अस्पतालसहित चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण




८ साउन ०७८, ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप महाशाखा प्रमुख डा‍‍.झलक गौतमका अनुसार सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय भएको हो ।
यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न ठेलमठेल गरी लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ५३ बजे