९ साउन ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१५ जनामा संक्रमण भएको हो।
जसमध्ये काठमाडौंका ४२१, भक्तपुरका ८६ जना र ललितपुरका १०८ जना छन्।
योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ६१९ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५५७४, भक्तपुरमा ९३२ जना र ललितपुरमा १११३ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया