१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउमा कमलको फूलमा कला भर्दै चित्रकार




ललितपुर खबर
१० साउन ०७८, चापागाँउ । केही दिनअघि ललितपुर खबरमा प्रकाशित सुन्दर कमलको फूलहरु देखेर कलाकारहरु चित्र कोर्न चापागाँउ कमलपोखरी ‘पल्सवा पुखु’ आए । राजधानीको बानेश्वर, शंखमुल र नख्खुलगायत ठाँउबाट कलाकारहरु आएर सुन्दर चित्रकला बनाएका हुन् ।
योङ्ग पिकासो आर्ट स्कूलका आयोजना र झ्यालीपाटी योग साधना केन्द्रको सहयोगमा दर्जनभन्दा धेरै कलाकारले कमलका सुन्दर चित्र बनाएका हुन् । योङ्ग पिकासो आर्ट स्कूलका शिक्षक अजय देशारले स्थानीय कला र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन लाइभ आर्ट सेसन सुरु गरिएको बताए ।

भने, हाम्रो ठाँउमा यस्ता सुन्दर ठाँउ छन् भने प्रचार गर्न कलाको माध्यम सशक्त हुन्छ । हामी यी चित्रहरु प्रर्दशनीमा राखेर प्रचार गर्नेछांैं । कलाकार तथा शिक्षक देशारले कारोना संक्रमणपछि कला यात्रा मार्फत प्रचारमा लागेको बताए ।
कोरोना संक्रमणको त्रासपछि कला यात्रामा निस्किन पाउदा आफूलाई खुशी लागेको कलाकार मिरा जोशी प्रधानले बताइन् । उनले भनिन्, ‘कला प्रेमीलाई मन पर्ने कमलको फुलै फुल फुलेको रमाइलो ठाँउ रहेछ ।’


झ्यालीपाटी योग साधना केन्द्रका अध्यक्ष दयाराम महर्जनले धेरै ठाँउ डुलेर कमलको फूल रोपेको बताए । उनले भने, हामी यो पोखरी वरपर पार्कसहित बगैचा बनाउदै छौं । २५ वर्षअघि यस पोखरीमा सुन्दर फुल फुल्थे । स्थानीय युवाहरु मिलेर जग्गा संरक्षणसँगै कमलको फूल फुलाउन सफल भएको उनले बताए । यस पोखरीमा रंगीन माछा राखिएको छ ।


कमल पोखरी नजिक व्याट्मिन्टन कोर्ट समेत छ । सँगै योगसाधना केन्द्र समेत रहेकाले विहान बेलुका कमलपोखरी डुल्न युवा युवा युवती आउछन् ।


नजिकै रहेको धापाखेलस्थित नागदहमा समते कमलको फूल्ने गर्दछ । तर संरक्षणको अभावमा फूल हराउने गरेको छ ।
यस पोखरीमा बाल बच्चाहरुलाई डुवाएर तर्साउदा सातो आउने जनविश्वास छ । पागल वनको नजिक रहेको पोखरीमा रंगी विरंगी चरा चुरुगी आउछन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : २० बजे