१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बैंकिङ कसुरमा फरार महिला कुपण्डोलबाट पक्राउ



११ साउन ०७८, ललितपुर ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ व्याँस नगरपालिका(९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर कुपण्डोलबाट पक्राउ गरेको हो ।

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी सानिमा बिकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : ०४ बजे