१२ साउन ०७८, काठमाडौँ । काठमाडौं उपत्यकामा मंगलबार थप ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये काठमाडौंका ४७५ जना, ललितपुरका १६७ जना र भक्तपुरका १३२ जना छन्।
काठमाडौं उपत्यकामा अहिले आठ हजार ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा मात्रै ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया