१४ साउन ०७८, ललितपुर । आज ललितपुरको लुभु क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण ललितपुरका अनुसार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म भक्तपुर बानेस्वर पाटन ६६ के.भी प्रसारण लाइन क्षमता अभिवृद्धि आयोजनाको इमाडोल क्षेत्रमा कन्डक्टर बदली गरिने भएकाले विद्युत अवरुद्ध हुन लागेको हो । लगनखेल वितरण केन्द्रबाट संचालित ठिमी, इमाडोल ३ र बानेश्वरबाट सन्चालीत इमाडोल २ फीडर अन्तर्गत ठिमी, टीकाथली तथा लुभु तर्फ गएको लाइन को जम्पर काटेर प्रशारण लाइनको क्षमता बढाउने काम गर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो । प्राधिकरणका अनुसार यसका कारण ठिमी, टीकाथली , लुभु इमाडोल सानागाउ, चागाथलीलगायत ठाँउमा विद्युत आपुर्ती आंशिक रुपमा बन्द रहने छ ।
पछिल्लो समय धापाखेल चापागाउ हुँदै दक्षिण ललितपुर फीडरबाट विद्युत बितरण भईरहेकोमा दक्षिण ललितपुरको छुट्टै फीडर बनाउनका लागि पोल गड्ने काम भैसकेको छ । अब तार तन्ने काम सुरु हुन लागेको छ । यजनासपछि धापाखेल दोवाटोसम्म लोकल लाइन वितरण गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।
१४ श्रावण २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया