१८ साउन ०७८, ललितपुर। ललितपुर महानगरपालिकाले नगरपालिकाभित्र नगर प्रहरीको कार्यमा तीव्रता र सेवामा प्रभावकारिता ल्याउन एक्सन टिम परिचालन गरेको छ ।
नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन महानगरपालिकाले यो टोली गठन गरेर परिचालन गरीएको हो । नगरवासीको समस्या समाधानका लागि सहजिकरण गर्न, विपद्मा परेकालाई उद्धार तथा सहयोगलगायतका काममा टोली सक्रिय हुने नगर प्रहरी प्रमुख हाछेथुले जानकारी दिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरीय प्रहरीलाई आम नागरिकको सहयोग र सुरक्षामा परिचालन गर्ने बताए । उनले महानगरबासीले आपतविपदको बेलामा प्रहरीले नै सहयोग गर्ने बताए ।
प्रहरी टोलीलाई महानगरपालिकाले टोलीलाई ज्याकेट, गोप्रो क्यामेरा र अग्नि नियन्त्रणमा आवइश्यक पर्ने उपकरणहरु पनि वितरण गरिएको छ । महानगरले गठन गरेको उक्त टोलीमा ११ जना पुरुष र ४ जना महिला नगर प्रहरी रहेका छन् ।
सबै तस्बिरः रासस
प्रतिक्रिया