२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति, दुई महिला पक्राउ



१८ साउन ०७८, काठमाडौं । काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका(३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका–६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका–५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका–४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबरजस्ती डर त्रासमा पारी १ महिनासम्म बेश्यावृत्तिमा लगाएका थिए। पछि उनीहरुबीच झगडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन्। प्रवक्ता द्विवेदीका अनुसार काठमाडौं जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको छ । प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।