२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर अस्पतालले फिर्ता गर्याे म्याद नाघेको किट



१९ साउन ०६८,भक्तपुर। भक्तपुर अस्पतालले कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरेकाे छ ।

सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको हाे।

कोरोना बिरामीको उपचार गर्दै आएको यहाँको सरकारी ‘भक्तपुर अस्पताल’लाई सरकारले उपलब्ध गराउनुपर्ने किटलगायत विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयले नदिएपछि अस्पतालले वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग ल्याएर थेग्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् । जनस्वास्थ्यले अस्पताललाई एन्टिजेन परीक्षणका लागि आवश्यक किट नदिँदा कतिपय अवस्थामा बाध्य भएर अस्पतालले किट खरिद गरेर ल्याउनुपरेको उनको भनाइ छ । उनले रु दुई हजार पर्ने किट अस्पतालले लक्षण नभएका र निजी प्रयोजनका लागि आउनेसँग रु एक हजार शुल्कमा एन्टिजेन परीक्षण गर्दै आएको बताइन् । अस्पतालले अहिलेसम्म पीसीआर किट वाग्मती प्रदेश सरकारको सहयोगमा र आकस्मिक अवस्थाको प्रयोजनका लागि एन्टिजेन परीक्षणका लागि किट खरिद गरेर ल्याउने गरेको छ ।

अस्पताललाई स्वास्थ्य कार्यालयले किट नै नदिने गरेको अस्पतालको गुनासो छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालका अनुसार अस्पतालाई स्वास्थ्य कार्यालयले निःशुल्क किट उपलब्ध गराउनुपर्ने भए पनि विगतमा पटकपटक माग गर्दा नदिएपछि बाध्य भएर अस्पतालले किन्नु परेको हो ।

स्वास्थ्य कार्यालयले अस्पताललाई केही दिनअघि म्याद सकिन लागेको एन्टिजेन किट पठाएपछि अस्पतालले त्यस्ता किट फिर्ता गरिदिएको उनले बताए ।

अस्पतालका मेसु डा गौतमले कार्यालयले अत्यावश्यक यस्ता किट म्याद नै सकिने गरी डम्पिङ गरेर राख्न नहुने भन्दै स्वास्थ्य कार्यालयले अस्पतालसँग सरोकार नै नराख्ने गरेको गुनासो गरे ।
कार्यालयले अस्पतालमा सञ्चालनमा रहेको खोप केन्द्रका लागि पठाउनुपर्ने स्वास्थ्यकर्मीसमेत नपठाउँदा खोप केन्द्र नै प्रभावित भएको अस्पतालको गुनासो छ । आएका स्वास्थ्यकर्मी पनि १० देखि १२ बजेसम्म मात्रै खोप केन्द्रमा बसेर जाने गर्दा केन्द्रका लागि अस्पतालले अन्य सेवामा कार्यरतलाई खटाउनुपर्ने बाध्यता आएको अस्पतालको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : १४ बजे