४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा नक्कली पेस्तोल देखाएर धम्क्याउने दुई जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१९ साउन ०६८,काठमाडौं । काठमाडौंमा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कागेश्‍वरी मनोहरा नगरपालिका–७ मूलपानी भैरवचौरस्थित भैरव बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

कागेश्‍वरी मनोहरा–८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका–१ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।
गत आइतबार दिउँसो बा६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरूले पेस्तोल देखाएर धम्की दिएर भागेपछि प्रहरीलाई खबर भएको थियो। जानकारीपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूको खोजी थालेको थियो।

खोजी गरी उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।