२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा निषेधाज्ञा ७ दिन लम्ब्याइयो, हेर्नुहोस् के खुल्छ, के खुल्दैन् ?




१९ साउन ०६८, काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याइएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरेको हो। यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार सकिँदैछ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा अब साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने छ।

यस अवधिमा सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जस्थल, संग्रहालय तथा दर्शकसहित हुने खेलकुद र मानिसहरुको भीडभाडमा रोक लगाइएको छ।

धार्मिकस्थलहरुमा नित्यपूजा बाहेक अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन। यस्तै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन गर्न पनि रोक लगाइएको छ।

तर औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध सञ्चालन गर्न पाइने छ भने अन्य पसलहरु साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ।

रेष्टुरेन्टमा टेक अवे वा होम डेलिभरी साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।