१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको मुलपानीको भैरवचौर सहकारीमा नक्कली पेस्तोल देखाई धम्की दिने २ जना पक्राउ



१९ साउन ०७८, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय अलबहादुर बम र यसै ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
यस संस्थामा बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका उनहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पानै खोजेका थिए । तत्काल फरार भएपछि प्रहरीलाई संस्थाले जानकारी गराएको र महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र स्कुटर सहित पक्राउ गरेको थियो ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ३१ बजे