४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको दधिकोटमा टिपर अनलोड गर्दा तारमा छोएर सहचालकको मृत्यु




२० साउन ०७८, भक्तपुर । सूर्यबिनायक नगरपालिका ४ दधिकोटस्थित अरनिको निर्माण सामाग्री डिपोमा गिटी झर्ने क्रममा टिपर उठाउदा नाङ्गो तारमा छुदा सहचालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा.५ ख ७८४१ नम्बरको टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर टिपरका सहचालक महोत्तरी बर्दिबास बस्ने २२ वर्षीय बिशाल तामाङको मंगलबार राति मृत्यु भएको हो ।
यस डिपोमा टिपरको बुम उठाई ढाला खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको उनको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कारी दिएको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।