२३ साउन ०७८,काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्धस्थित सडकमा प्रदेश नम्बर ३–०२–००७ प ६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका–७ फुटुङ्ग नागपोखरी बस्ने ७० वर्षीय राम चन्द्र खत्रीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पिपल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
२३ श्रावण २०७८, शनिबार
0
Shares
प्रतिक्रिया