२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इन्द्रावती नदीमा आएको बाढीले दुई ठूला खानेपानी आयोजनामा क्षति



२४ साउन ०७८, काभ्रे । काभ्रेपलाञ्चोकको इन्द्रावती नदीमा आएको बाढीले दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ ।

मेलम्चीहुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत सुख्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पुर्‍याएको हो । लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् । यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका वडा नं २ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंसीका कटान शुरु गरेको थियो ।

त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।