१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा थप ९५१ जनामा कोरोना संक्रमण पुष्टि



२४ साउन ०७८, काठमाडौं । गएको २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाभित्र देशभर दुई हजार ५४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोराना सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।