
sf7df8f}F, @$ ;fpg . g]kfn rnlrq snfsf/ ;ª3n] cfof]hgf u/]sf] snfsf/nfO{ vf]k sfo{qmddf ;xefuL . :jf:Yo dGqfnonufot ;+:yf;Fu ;dGjo u/L s/La Ps xhf/ ^)) rnlrqsdL{nfO{ vf]ksf] Joj:yf ul/Psf] 5 . t:jL/M s[i0f/fh uf}td÷/f;;
नेपाल चलचित्र कलाकार सङ्घले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब एक हजार ६०० चलचित्रकर्मीलाई खोपको व्यवस्था गरेको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोरोनाविरुद्धको खोप महत्वपूर्ण भएको बताए । उनले यस कार्यक्रमले आमजनतामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले यस जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गरे । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, स्वास्थ्यकर्मी झलक गौतम, अनिल थापालगायत सहभागिता रहेको कार्यक्रममा चलचित्रकर्मी भुवन केसी, जिया केसी, पल शाह, पुष्प खड्का, श्याम राईलगायत खोपसम्बन्धी प्रचारप्रसार गरेका थिए ।
सङ्घका अध्यक्ष रवीन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । वरिष्ठ कलाकार मोहन निरौलाले सङ्घले विभिन्न समयमा गरेको सामाजिक कार्यको सराहना गरे ।
२४ श्रावण २०७८, आइतबार








प्रतिक्रिया