१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा कलाकारले लगाए कोरोना खोप



snfsf/nfO{ vf]k
sf7df8f}F, @$ ;fpg . g]kfn rnlrq snfsf/ ;ª3n] cfof]hgf u/]sf] snfsf/nfO{ vf]k sfo{qmddf ;xefuL . :jf:Yo dGqfnonufot ;+:yf;Fu ;dGjo u/L s/La Ps xhf/ ^)) rnlrqsdL{nfO{ vf]ksf] Joj:yf ul/Psf] 5 . t:jL/M s[i0f/fh uf}td÷/f;;
२४ साउन ०७८, ललितपुर । ललितपुरका कलाकार तथा चलचित्रकर्मी आज आइतबार भेरोसिल खोप पहिलो डोज लगाएका छन् । ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरिएको यस खोप लगाउने कार्यक्रममा उनीहरू संवेदनशील देखिन्थे । कोरोनाका कारण यस क्षेत्रका आफ्ना साथीभाइ, शुभेच्छुक तथा आफन्तलाई गुमाउनु परेको पीडा बोध उनीहरूमा देखिन्थ्यो ।
नेपाल चलचित्र कलाकार सङ्घले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब एक हजार ६०० चलचित्रकर्मीलाई खोपको व्यवस्था गरेको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोरोनाविरुद्धको खोप महत्वपूर्ण भएको बताए । उनले यस कार्यक्रमले आमजनतामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले यस जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गरे । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, स्वास्थ्यकर्मी झलक गौतम, अनिल थापालगायत सहभागिता रहेको कार्यक्रममा चलचित्रकर्मी भुवन केसी, जिया केसी, पल शाह, पुष्प खड्का, श्याम राईलगायत खोपसम्बन्धी प्रचारप्रसार गरेका थिए ।
सङ्घका अध्यक्ष रवीन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । वरिष्ठ कलाकार मोहन निरौलाले सङ्घले विभिन्न समयमा गरेको सामाजिक कार्यको सराहना गरे ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।