६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीले गुंला पर्व मनाउँदै



२५ साउन ०७८, काठमाडौं । नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीले आज गुंला पर्व मनाउँदैछन् । बौद्ध धर्मावलम्बीहरु आजदेखि एक महिनासम्म बिहान विभिन्न परम्परागत बाजा बजाएर विभिन्न तीर्थस्थलमा जाने चलन छ ।

काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायले गुंला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ । तर यसपालि कोरोना भाइरसको जोखिम कायमै रहेकाले एक महिनासम्म हुने धार्मिक गतिविधि पनि प्रभावित भएको छ।

यसैबीच ललितपुरमा आजदेखि बगी जाने भनेर मतयाःको रुट निरीक्षण गर्न जाने पर्व सुरु भएको छ । हरेक वर्ष स्थानीय बासिन्दाले आजदेखि मतयास्को रुप निरीक्षण गर्न जाने गर्दछन् । तर यसपालि परम्परालाई मात्र निरन्तरता दिनको लागि १०, १२ जनामात्र भेला भएर बाजाबिना ब्वगी सुरु गरेको आयोजक न्यकू जात्रा मतयाः व्यवस्था मूल समिति क्षेत्र नम्बर ८, इखालखु टोलले जनाएको छ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।