६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


किर्तिपुरमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई पक्राउ



२५ साउन ०७८, काठमाडौं । काठमाडौं किर्तिपुर नगरपालिका –९, नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका ( ७ घर भई हाल काठमाण्डौ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगरर रामेछाप सुनापती गाउँपालिका ( २ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगररहेका छन् ।
चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चावीडाईरेक्ट स्टार्ट गरेरनम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका– ९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
उक्त मोटरसाइकल यही श्रावण २३ गते रातको समयमा काठमाडौं किर्तिपुर नगरपालिका – ९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका– ५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले यस महाशाखामा निवेदन दिएका थिए ।
पक्राउ परेको मोटरसाईकल सहितदुवै जनालाई थप अनुसन्धान एवं कानूनी कारबाहीको लागी प्रहरी बृत्त,किर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।