१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको इमाडोलबाट अनौठो जीव भैंसेगोहोरोसहित ३ जना पक्राउ



२५ साउन ०७८,ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडोलबाट संरक्षित वन्यजन्तु जस्तो देखिने जिवित भैंसेगोहोरो सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउपर्नेका धादिङ थाक्रे गाउँपालिका ५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका ३ भैंसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका ५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।
संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुले अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको व्यूरोले जानकारी दिएको छ

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।