२६ साउन ०७८,काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ ।
निषेधाज्ञा थप गरी पहिलेको भन्दा कडा पार्ने विषयमा निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउसो बस्न लागेको हो ।
दिउँसो दुई बजेपछि हुने बैठकबाट निषेधाज्ञा एक साता थप गर्ने तयारी छ । संक्रमण बढेकाले केही क्षेत्र सीमित गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
यसअघि घोषित निषेधाज्ञाको बुधबारबाट सकिँदै छ । कोरोनाको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ देखि काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा जारी छ ।
निषेधाज्ञा अवधि पटकपटक थप गरेर साउन २७ गतेसम्म थप गरिएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएर केही क्षेत्रमा मात्रै रोक लगाइएको छ ।
प्रतिक्रिया