६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हेटौडामा निषेधाज्ञामा पसल खोल्नेलाई कारवाही, मास्क नलगाउनेलाई जरिवाना



फाइल तस्विर

२६ साउन ०७८, हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज मंगलबार कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई हिँड्ने एक सय २३ जनालाई प्रतिव्यक्ति रु एक सयका दरले जरिवाना लिएर कारबाही गरेको छ । प्रहरीले आज आठ सय ९९ थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।