१५ कार्तिक २०८१, बिहिबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको नागढुंगाबाट लागुऔषधसहित ३ जना पक्राउ



© copyright : lalitpurkhabar.comshyam phuyal

२६ साउन ०७८, काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट १ हजार ३ सय ८६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सप्तरी बोदेबरसाई नगरपालिका–१ बस्ने २० वर्षीय अर्जुन साह, सोही नगरपालिका २ बस्ने मनु साह र सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २५ वर्षीय सिदान्त श्रेष्ठ रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लहानबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख ७१९ नम्बरको बसमा सवार सिदान्तलाई ६ सय ६ ट्याब्लेट र राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख ०००७ नम्बरको बसमा सवार अर्जुनलाई ५ सय १० ट्याबलेट र मनुलाई २ सय ७० ट्याब्लेट गरी उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुको सम्बन्धमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ०० बजे