२७ साउन ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ संक्रमित थपिएका हुन्।
यस्तै काठमाडौं उपत्यकामा ११ हजार ५६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७८१३, भक्तपुरमा १३६० र ललितपुरमा १८८३ सक्रिय संक्रमित छन्।
प्रतिक्रिया