२८ साउन ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ११ हजार ३२६ जना रहेको छ । उपत्यकामा बिहीबार थप एक हजार १३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा थप एक हजार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा अहिले ११ हजार ३२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा ८ हजार ११०, ललितपुरमा १ हजार ८८७ र भक्तपुरमा १ हजार ३२९ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया