६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर लेलेको भुलमुल पोखरीमा डुवेर एक युवकको मृत्यु



२९ साउन ०७८,ललितपुर । ललितपुरको लेलेस्थित भुलमुल पोखरीमा डुवेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ५ लेलेस्थित भुतमुल मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ललितपुर महानगरपालिका १४ नख्खिपोट बस्ने १८ वर्षीय आषिश श्रेष्ठको बिहीबार दिउँसो मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा अचेत भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
श्रेष्ठको पौडी खेल्ने क्रममा निधन भएपछि गोदावरी नगरपालिकाल सुचना प्रकाशित गरी यो पोखरीमा पोडी नखेल्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।