२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज पनि महालक्ष्मी नगरमा विद्युत अवरुद्ध, स्थानीयबासी हैरान




ललितपुर खबर
३२ साउन ०७८, ललितपुर । मर्मतका लागि भन्दै निरन्तर रुपमा ललितपुरको महालक्ष्मी नगर क्षेत्रमा विद्युत् प्राधिकरण ललितपुरले दिन दिनैजसो विद्युत अवरुद्ध गरेपछि स्थानीय बासिन्दा हैरान भएका छन् ।
भक्तपुर बानेश्वर पाटन ६६ के भी प्रसारण लाईनमा तारको क्षमता बृदि गर्ने भन्दै प्राधिकरणको लगनखेल शाखाले सोमबार बिहान ९ बने देखी दिउँसो २ बजे सम्म विद्युत् अवरुद्ध गर्न लागेको हो ।प्राधिकरणका अनुसार ग्वार्को, नमस्ते पेट्रोल पम्प, कृष्ण मन्दिर, बोजेपोखरी, ढुंगेसांगु, टिकाथली, भगवती मन्दिर, हनुमन्ते कोरिडोर, बालकुमारी खरीबोट, खन्नागार्मेन्ट, बालकुमारी सनराइजÞ अपार्टमेंट, तुल्सीलाल अमात्य प्रतिस्ठान लगायतका क्षेत्रमा यो समय बिधुत अवरुद्ध हुनेछ ।
भक्तपुर बानेश्वर पाटन ६६ के भी प्रसारण लाईनको क्षमता बृद्धिका लागि प्राधिकरणले लामो समयदेखि काम भइरहेको भन्दै विद्युत अवरुद्ध गर्दै आइरहेको छ । लामो समयसम्म विद्युत अवरुद्ध हुँदा स्थानीयबासी हैरान छन् ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।