१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बोलपत्र आह्वान फाराम लिदा ललितपुरका पत्रकार थोकरमाथि दुव्र्यवहार, महासंघ शाखाद्वारा भत्र्सना




३ भदौं ०७८, ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका परिषद् सदस्य डिलबहादुर थोकरमाथि बुधबार दिउँसो भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ ।
शाखाका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यालय पुगेका थोकर फर्किने क्रममा कार्यालय नजिकै बसेको अज्ञात समूहले दुव्र्यवहार गरेको उल्लेख गरिएको छ ।
‘बोलपत्र आह्वान फाराम हामीलाई नसोधी किन लिएको’ भन्दै उहाँमाथि अभद्र व्यवहार गर्नाका साथै मोटरसाइकलको साँचोसमेत खोसेर लगेको र पछि पत्रकार भन्ने थाहा पाएपछि फिर्ता गरेकाले दोषीमाथि कानून बमोजिम कारवाहीको माग गरिएको जारी विज्ञिप्तमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।