ललितपुर खबर
३ भदौं ०७८, ललितपुर । ललितपुर पुल्चोकस्थित ललितपुर महानगरद्वारा निर्माणको क्रममा आज शिलान्याश कार्यक्रम गर्ने कार्यक्रम स्थगित भएको छ ।
ललितपुर जिल्ला अदालतको पत्र आएपछि ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अदालतको पत्र पाएपछि अदालतको सम्मान गरेर तत्कालका लागि शिलान्याश स्थगित गरिएको जानकारी दिए ।
शिलान्याश कार्यक्रममा भेला भएका स्थानीयहरु शिलान्याश कार्यक्रम स्थगित भएको जानकारी पाएपछि फर्केका थिए । भेला भएका आगन्तुकलाई महानगरका प्रमुख महर्जनले थिए कार्यत्रमलाई सम्बोधन गर्दै महर्जनले आफूले यो ठाँउमा बच्चा बेलामा गुच्चा खेलेको ठाँउ भएकाले यहाँ पाटी रहेको जानकारी भएको बताए । उनले भने, ‘हामीले यहाँको तस्विर देखाएरै विभिन्न विकायबाट पाटी बनाउन अनुमती पाएका छौं ।’ कार्यक्रममा उनले भने, ‘अदालतको आदेशलाई सम्मान नगरे आफूहरुलाई कानून लाग्ने भएकाले शिलान्याश कार्यक्रम स्थगित गरिएको हौं ।’
कार्यक्रममा उनले भने, ‘केही समयलाई शिलान्याश कार्यक्रम स्थगित गरेर केही फरक पर्दैन । ढिलो चाँडो हामी यो पाटीको शिलान्याश गरेर बनाइछाड्छौं ।’
प्रतिक्रिया