३ भदौं ०७८, काठमाडौँ । काठमाडौं उपत्यकामा ८६७ जनालाई संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हुन्।
त्यस्तै, हाल उपत्यकामा ११ हजार ७ सय ५० सक्रिय संक्रमित छन्। काठमाडौंमा ८ हजार ९५, भक्तपुरमा १ हजार ४ सय ४९ र ललितपुरमा २ हजार २ सय ६ संक्रमित थपिएका हुन्।
प्रतिक्रिया