२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको मानिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग




३ भदौं ०७८, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका २ मा अवस्थित गाउँपालिकास्तरीय मानिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ । पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाको विशेष पहलमा ल्याइएको तीन थान अक्सिजन ग्याससहित सिलिन्डर र एक थान अक्सिजन कन्सन्टे«टर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले संयुक्तरूपमा आज विहीबार अस्पतालका डा अमीर बर्ताैलालाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा राणाले मुलुकमा बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखी यो उपकरण बिरामीको स्वास्थ्यमा निकै सहयोग पुग्ने विश्वासका साथ दिइएको धारणा राखे । डा बर्तौलाले अस्पतालले यो सामग्रीको उचित प्रयोग गरी सेवा पु¥याउने बताए । उनले भने, “आजसम्म हामीले अस्पतालबाट ८५ भन्दामाथि कोभिडका बिरामीलाई सफल उपचार गरी घर पठाइसकेका छाँै ।”
अस्पतालमा १६ शय्याको सुविधा रहँदा अति नै निम्न वर्ग र उमेर ढल्किसकेका केही व्यक्तिलाई भने आर्थिक अवस्था हेरी निःशुल्क औषधिका साथै खानाको समेत व्यवस्था गरिदिएको र बाँकी अन्यलाई सःशुल्क उपचार गरी पठाइएको बर्तौलाले बताएका छन् ।
कार्यक्रममा केही दिनपहिले वाग्मतीको गाउँपालिकास्तरीय अस्पताल, गोदावरीको बज्रबाराही चापागाउँ अस्पताल, लेले र बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत स्वास्थ्य उपकरण सहयोग गरिसकेको बताइएको थियो । यो अस्पतालमा महाङ्कालका छ वडाका मानिसले सेवासुविधा लिँदै आएका छन् । हाल पनि आठ कोरोना सङक्रमितको उपचार भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ९ : १२ बजे