५ भदौं ०७८, ललितपुर । ललितपुर महानगरपालिकाले जात्रा र पर्वहरूमा भिडभाड नगर्न आग्रह गरेको छ । धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलन सक्ने भन्दै महानगरभित्र मनाइने जात्रा र अन्य चाडपर्वहरू प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको हो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सरोकारवालाहरूको सहभागितामा बसेको बैठकले उक्त निर्णय गर्दै नागरिकलाई यस्तो आग्रह गरेको हो।
नगरप्रमुख महर्जनले महानगरभित्र मनाइने सबै प्रकार जात्राहरू पुजारी र सीमित संख्यामा सहभागी भएर मनाउने निर्णय गरेको जानकारी दिए।
प्रतिक्रिया