
५ भदौ ०७८,काठमाडौं। काठमाडौंको माकलबारीमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ माकालबारी डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ३ घर भएका बिष्णु खडकाको कोठाबाट चोरी भएको हो ।
उनको कोठाबाट सुनका बिभिन्न गरगहना तथा नगद समेत गरी करिब १० लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।







प्रतिक्रिया