२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नगरकोटमा ’पर्यटक बसपार्क’ निर्माण




६ भदौ ०७८,भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्यटकको लागि ‘पर्यटन बसपार्क’ निर्माण सुरू गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा नगरपालिका–६ स्थित नगरकोट भट्टेडाँडामा बसपार्क निर्माण गर्न लागिएको हो ।
बसपार्क निर्माणका लागि ६ करोड ९९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड ७ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । बसपार्क २०७९ साल मंसिरभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
बसपार्कमा नगरकोट प्रवेशद्धार, १५ सय वटा पसलहरु सञ्चालनमा आउने छन् । साथै पर्यटकका लागि एक सार्वजनिक शौचालयको समेत व्यवस्था हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख मिश्रले सो क्षेत्रमा अनाधाकृत रुपमा रहेका घरटहरालाई पालिकाले व्यवस्थापन गरेको उनले बताए ।
नगरकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पालिकाले बहुवर्षिय योजना अन्तगर्त कार्य भइरेको स्थानीय तथा हुसानका केन्द्रीय सदस्य राजकुमार लामिछाने बताए ।
पर्यटन क्षेत्रलाई आम्दानीको रुपमा रुपान्तरण गर्नको लागि ५४ करोड रुपैयाँको डिपिआर निर्माण भइसकेको र सोहीअनुसार हालसम्म १० करोड बजेटको कार्य भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १२ : २५ बजे