६ भदौ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा बसोबास गर्ने ३९५, भक्तपुरका ११० र ललितपुरका ६१ जनालाई संक्रमण पुष्टि भएको हो। काठमाडौं जिल्लामा ७ हजार ४२० सक्रिय संक्रमित छन्। त्यस्तै भक्तपुरमा १ हजार ४ सय र ललितपुरमा २ हजार २ सय १८ सक्रिय संक्रमित छन्।
काठमाडौं जिल्लामा अहिलेसम्म २ हजार ५५ ले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै भक्तपुरमा ४०४ र ललितपुरमा ६२९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
६ भाद्र २०७८, आइतबार
0
Shares
प्रतिक्रिया