६ भदौ ०७८, भक्तपुर । भक्तपुर दिव्येश्वरी गेस्ट हाउसमा भेटिएको होक्स बम (नक्कली बम) रहेको खुलेको छ। शनिबार साँझ मध्यपुर ठिमी नगरपालिका ४ को दिव्यश्वरी गेस्ट हाउसमा एक व्यक्तिले बम राखेको भन्दै हो हल्ला भएको थियो।
शिवशरण भुजुले सञ्चालन गरेको दिव्येश्वरी गेस्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् वस्तु फेला परेको थियो।
साउन ३२ गतेदेखि दिव्येश्वरी गेस्ट हाउसको ११० नम्बर कोठामा बुद्धचित्रको माला बेच्न बसेका काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका २ डाडाँगाउका ३२ वर्षीय नवीन तामाङले उक्त वस्तु राखेको पाइएको प्रहरीले जनाएको छ।
उनले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई होक्स बम बनाएर गेस्ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाइएकाे छ। शनिबार राति नै उनलाई प्रहरीले पक्राउ गरिसकेको छ।
दिव्येश्वरी गेस्ट हाउसले तामाङसँग उनले खाएको, बसेको ४० हजार रुपैयाँ पटक–पटक मागेको तर पैसा नभएकाले गेस्टहाउस सञ्चालकलाई तर्साउन उनले होक्स बम बनाएर राखेको खुलेको छ।
प्रतिक्रिया