७ भदौ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ७०८ सहित नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर ११३२६ जनाको नमूना परीक्षण गराउँदा १८०१ जना संक्रमित भएका छन् । सोही अवधिमा १९२४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३८३५१ जना रहेको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७०८ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।
प्रतिक्रिया