१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्यो(निर्णयसहित)




८ भदौं ०७८, काठमाडौं । अबदेखि काठमाडौं उपत्यकामा राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाईने भएको छ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि लागू गरिएको नियमलाई हटाउँदै निजी तथा सार्वजनिक सवारी साधन राती ८ बजे पनि चलाउन पाईने निर्णय गरेको हो।

साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो । बाँकी नियम यथावत् राख्दै निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ४८ बजे