९ भदौं ०७८, ठिमी । यहि भदौ ६ गते भक्तपुर मध्यपुर ठिमी न.पा.३ घर भएका अन्दाजी ४५ वर्षीय कल्का कुमार कुटुको रसुवाबाट उद्वार गरिएको छ । रसुवा जिल्ला स्थित धार्मिकस्थल गोसाईकुण्ड दर्शनका जाने क्रममा अचानक लेक लागि बिरामी भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीको साथ नेपाली सेना र मेलामा गएका अन्य मानिसहरु समेतको सहयोगमा उद्वार गरीएको हो । उनको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।
तस्बिरः नेपाल प्रहरी
प्रतिक्रिया