१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महागनरद्वारा कर नतिर्ने ठूला करदाताका घर–घरमा पञ्चेबाजा अभियान शुरु




९ भदौं ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन बुधबारबाट पञ्चेबाजा अभियान सुरु गरेको छ।

घरजग्गा, सम्पत्तिलगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोली बाजागाजासहित घरघरमा पुगेको हो।

पहिलो चरणमा महानगरले काठमाण्डौको न्युरोड, नयाँ बजार, सोल्टीमोडलगायतका क्षेत्रमा पञ्चैबाजासहित करदाताको घरदैलो अभियान सुरु गरेको छ।
महानगरले २–३ वर्षदेखि २८ वर्षसम्मको घरजग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको छ। यी ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी छ।

गत असार १६ र साउन २४ गते महानगरले ठूला करदातालाई करदाखिला गर्न ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो।

तर करदातालाई कर तिर्न ३० दिने सूचना जारी गरेर नाम सार्वजनिक गर्दासमेत अटेर गरेपछि महानगरले यस्तो दबाबमूलक कार्यक्रम सुरु गरेको हो।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।