९ भदौं ०७८, काठमाडौं । काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने भएको छ । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए ।
खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने उनले बताए । भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख खड्काको भनाइ छ ।
प्रतिक्रिया