५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रत्नपार्कका यौनकर्मीको प्रहरी अपरेसनपछि भागाभाग



ललितपुर खबर
११ भदौं ०७८, रत्नपार्क । काठमाडौंको रत्नपार्कमा बसेर यौन व्यावसाय चलाईरहेको यौनकर्मीहरु प्रहरी अपरेसनपछि भागाभाग भएको छ । गएको आइतबार ३ बजेतिर एक्कासी प्रहरी आएर रत्नपार्कबाट यौन व्यावसायमा संलग्न युवती र तेश्रो लिंगीलाई पक्राउ गरेको थियो ।


प्रहरीका अनुसार यहाँबाट युवतीहरु खोज्न आउने प्ुरुष यौन व्यावसायमा सघाउने दलालहरु समेत पक्राउ परेका थिए । उनीहरुलाई नगर प्रहरी र प्रहरीका गाडीमा राखेर भृकुटीमण्डपस्थित प्रहरी कायालय लगिएको थियो ।
भृकुटीमण्डपस्थित पुलिस क्लवमा कार्यरत एक प्रहरीका अनुसार रत्नपार्कबाट पक्राउ परेका यौनकर्मीहरु अनुसन्धानपछि साँझ नै छुट्ने गरेका छन् । उनका अनुसार दोषि देखिए मुद्दा प्रकृया सुरु हुन्छ नत्र सबै छुट्छन् । उनका अनुसार ती सवै यौनकर्मीहरु फर्किसकेका छन् ।
रत्नपार्कमा फुटपाथ व्यापार गरेर बस्ने एक व्यापारीका अनुसार रत्नपार्कमा यौन व्यावसायमा संलग्नहरुको खोजीमा हरेक दिन दिउँसो प्रहरी आउने गरेको छ । एक फुटपाथ व्यापारीका अनुसार बुधबार र विहीबार प्रहरी अपरेसन नभए पनि त्यसअघि निरन्तर प्रहरी आएर यौन व्यावसायीहरुको खोजी गरिरहेको थियो । उनले भने, प्रहरी दिउसोपख आउने हुँदाविहान वेलुका उनीहरु ग्राहक खोज्न आउछन् एकछिन बस्छन् जान्छन् ।
अर्का फुटपाथका व्यापारीका अनुसार यौनकर्मीको दलालहरु भने अझै रत्नपार्कमा घुमिरहेका छन् । यौनकर्मीका दलालहरु केटा भएका कारण प्रहरीले सझिलै पहिचान नगर्ने र रत्नपार्कमा ग्राहक खोज्न आउने नियमित ग्राहक चिन्ने भएकाले उनीहरुले यौन व्यावसायमा सहयोग गरिरहेका छन् ।
उनका अनुसार काठमाडौंमा धेरै यौन व्यावसायीहरु आफ्नो कोठामा बसेर धन्दा चलाइरहेका छन् । दलालहरुले नियमित रत्नपार्कबाट ग्राहक खोजेर कोठामै पुर्याइदिने र कमिसन खाने गरेका छन् ।
रत्नपार्कबाहेक राजधानीको नयाँ वसपार्क,गोंगवु, वागबजार,ठमेल र गौशालालगायतको क्षेत्र यौन व्यावसायीहरुको क्षेत्र(रेडलाइट)का रुपमा परिचित छ । यस ठाँउहरुमा खुलमखुल्ला रुपमा यौन व्यावसायीहरुले ग्राहक खोज्ने, पैसाको मोलमोलाई गर्ने गरे पनि प्रहरीले पक्राउ गरेर कारवाही नगरेको भन्दै स्थानीयहरुले आक्रोस व्यक्त गरिरहेका थिए ।
नेपालमा यौन व्यावसाय कानूनी रुपमा प्रतिवन्धित छ । संसारका कतिपय देशमा विशेष क्षेत्र (रेड लाइट एरिया) तोकेर यौन व्यावसाय गर्नलाई छुट दिइएको हुन्छ ।

यस सम्बन्धमा काठमाडौं प्रहरी प्रवक्ता रमेश बस्नेतले उनीहरुलाई अर्कोपल्टदेखि यसो नगर्न सचेत गराउदै सम्झाएर छोडिएको बताए ।
दरवारमार्गका स्थित प्रहरी कार्यालयमा कार्यरत डिएसपि रामेश्वर पौडेलले यौनकर्मीहरुलाई सम्झाएर छोडेको बताए । उनले भने रत्नपार्क क्षेत्रमा विकृति फैलिएको र विकृति रोक्न उनीहरुलाई पक्राउ गर्नु परेको बताए ।

 

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।