१७ पुस २०८१, बुधबार | Wed Jan 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फोहोर टिप्ने बहानामा चोरी गर्ने तोलांगे लोकन्थलीबाट पक्राउ



११ असोज ०७८, काठमाडौं । पुराना सामान टिप्ने भेष बनाएर चोरी गर्दैहिड्नेयुवक काठमाडौंबाट पक्राउ परेकाछन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा घर, कारखाना तथा बाटोमा फ्यालिएका कार्टुनका टुक्रालगायतका फोहोरमैला उठाउने भेष बनाई ताला लगाईराखेका तथा सुनसान घरहरुबाट मौका छोपी नगद, ल्यापटप, मोबाईल तथा बिभिन्न सुन(चाँदीका गरगहनाहरु चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा गत असोज १ र २ गते रातीको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी ३ लोकन्थली, राममन्दिर, बुढाथोकीगाउँ स्थित नरेन्द्रराज सिजापतीको घरबाट मोबाइल सेट थान १, नगद रु.२७ हजार लगायतका धनमाल समेत रु १ लाख ८५ हजार ५ सय बराबरको धनमाल चोरी गरी लाने कार्यमा संलग्न जिल्ला ललितपुर, बालकुमारी बस्ने झोक्की भन्ने कुमार तोलाङ्गेलाई प्रहरीको
विशेष टोलीले पक्राउ गरेको छ । उनलाई गतमंगलबार ४ बजेको समयमा काठमाडौं ३२ बालकुमारी पुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुर पठाईएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा झोक्की भन्ने कुमार तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा गत २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेक ा थिए । प्रहरी अनुसन्धानका क्रममा ल्यापटप थान २ थान र मोबाईल थान १ यस कार्यालयमा बरामद भएको छ । यो सामानहरुको प्रमाण नखुलेकोले प्रमाण खुलाउन सक्ने व्यक्तिहरुले प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १२ : २३ बजे