७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागमती गाउँपालिकाको छबेलीमा माक्स बैंक शुरु



१५ भदौं ०७८, ललितपुर ।बागमती गाउँपालिका भट्टेडाँडाको छबेलीमा साहान नेपाल लिप्ट परियोजना र प्रहरी चौकि भटे्डाँडाको सहयोगमा मास्क बैंक सन्चालन ल्याएको छ । कोभिड महामारीका कारणले हाल मानव शरिरलाई निकै नै समस्यामा पारेको बेला यस संस्थाले गरेको यो काम नै महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् । प्रहरी चौकीले यो बाटो हिँड्ने मानिसलाई माक्स छैन भने दिने गरेको छ । यो रोगबाट बच्नको लागि माक्स सेनिटाईजर स्वास्थय का मापदण्ड अपनाउँदा केही हद सम्म बच्ने हुँदा यो कार्यक्रम सन्चालन गरिएको साहास नेपाल परियोजना प्रमुख लक्ष्मी राना मगरले बताइन् ।
यसैगरी यो अभियानमा माक्स हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ भन्ने अभियानबाट कार्यक्रम अगाडी बढाइएको परियोजना प्रमुख मगरले बताइन् । यस्ता सामजिक कार्यमा जनताको हितका लागि अभियान चलाएकोमा निकै राम्रो भएको स्थानीयहरु बताउँछन् । अझै थप राम्रो कार्यक्रम गर्ने प्रेरणा मिलोस् भनि स्थानीय इन्द्र प्रसाद चौरेल धन्यवाद दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।