१७ भदौ ०७८, ललितपुर । नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन २१ भदौभित्रै सक्ने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले १८ भदौमा तोकिएको वडा अधिवेशन २३ भदौसम्म सक्न समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ ।
जिल्ला सभापति मदनबहादुर अमात्यले केन्द्रीय निर्वाचन समिति र जिल्ला निर्वाचन अधिकृतलाई बुधबार पत्र पठाउँदै ललितपुरका महानगर, नगर र गाउँपालिकाको वडा इकाई अधिवेशन २१ भदौमा सम्पन्न गर्ने जानकारी गराएका हुन् ।
कांग्रेसले वडा अधिवेशन १८–२३ भदौ र पालिका अधिवेशन २७–२९ भदौसम्म गर्न समयसीमा तोकेको छ ।
१७ भाद्र २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया