१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी



१७ भदौं ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा विद्यालय खोल्ने तयारी भएको छ । काठमाडौँ महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको हो ।

काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले विद्यालय खोल्ने तयारी थालेको महानगरपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।